टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

धनुषा, २० भदौ । धनुषा जिल्लाको धारापानीमा ट्रिपरको ठक्करले दुईजनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका ९ धारापानीमा बुधबार ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका ४ का २५ वर्षीय विकास राई र २३ वर्षीय सचिन्द्र राई रहेका छन् । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना १ क ६१८९ नम्बरको ट्रिपरले अगाडी जाँदै गरेको स ५ प ९०४६ नम्बरको मोटरसाईकललाई अभरटेक गर्ने क्रममा दुर्घट्ना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

शवलाई पोष्टमार्टमकालागि जनकपुर अञ्चल अस्पतालमा राखिएको ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ । ठक्कर दिने ट्रिपर र चालकलाई ईलाका प्रहरी कार्यालय धारापानीले नियन्त्रणमा लिएको छ । ट्रिपरको ठक्करले धनुषामा एक वर्षमा एक दर्जन मानिसको मृत्यु भईसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);