छोरीको मृत्युको कारण पत्ता लगाइदिन आइजिपीसँग माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

छोरीको मृत्युको कारण पत्ता लगाइदिन आइजिपीसँग माग

श्याम गुप्ता
बारा, २० भदौ । वीरगंजमा केही दिन अघि मृत अवस्थामा भेटिएकी एक महिलाकी आमाले आफ्नो छोरीको मृत्यु नभई हत्या भएको भन्दै दोषीलाई कारर्वाही गर्न प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालसंग माग गरेकी छिन् । उनले बाराको नवनिर्मित भवनको उद्घाटन गर्न बुधवार यहाँ आएका प्रहरी महानिर्देशक खनालसंग यस्तो माग गरेकी हुन् ।

मृत्यु अवस्थामा भेटिएकी आमा सन्जरिया देवीले छोरीको मृत्यु नभई हत्या भएको भन्दै प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको ध्यानआकर्षण गराएकी हुन् ।

विवाह पश्चात दाईजोको बाहानामा छोरीलाई पटक–पटक यातना दिने गरेको आमा सन्जरीया देवीले बताईन् । तर, बारा प्रहरीले सहि तरिकाले छानबिन नगरेको मृत्यककी आमा देवीको आरोप छ ।

गीता नाम परिवर्तनको भदौ १३ गतेका दिन बिहान झुन्डिएको अवस्थामा शव फेला परेको थियो । उनको ६ वर्ष अघि परवानीपुर गाँउपालिका वडा नम्बर ५ मा बस्ने सन्तोष राउत कुर्मिसित विवाह भएको मृतकका दाजु जगत नारायण प्रसाद कुर्मीले बताए । बहिनीले छोरा नजन्माएको कारण पहिला देखि नै परिवारले यातना दिँदै आएको उनको आरोप छ ।

यता बाराका प्रहरी नायव उपरीक्षक रंजितसिंह राठोरले नयाँ कानुन अनुसार बिना प्रमाण कसैलाई पक्राउ गर्न नमिल्ने प्रतिक्रिया दिएका छन् । उनले यस विषयमा अहिले अध्ययन भईरहेको र पोष्टमार्टमको रिपोर्ट आएपछि दोषीलाई कारर्वाही गरिने बताए ।

आर्थिक वर्ष २०७४/७५ मा बारामा ६० जना महिलाले आत्महत्या गरेका छन् । त्यसमा ७ सय ८ जनाको घरेलु हिंसा र ७ सय १४ जनाको समाजिक हिंसाको सिकार भएको जिल्ला प्रहरी कार्यालय बाराको तथ्यांकमा उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);