निर्मलाका आमा-बाबु भन्छन्, 'न्याय दिन नसके हामीलाई गोली हानेर मारिदेउ' | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निर्मलाका आमा-बाबु भन्छन्, ‘न्याय दिन नसके हामीलाई गोली हानेर मारिदेउ’

nirmala-ka-buba-aama

काठमाडौं, २८ भदौ । बलात्कार पछि हत्या भएकी निर्मला पन्तका आमा बाबुले न्याय दिन नसके आफुहरुलाई पनि गोली हानेर मार्न सरकारसंग आग्रह गरेका छन् ।

न्याय खोज्दै राजधानी छिरेका पन्तका आमा बाबुले बिहीबार रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा छोरीको हत्यारा पत्ता लगाएर कारवाही गर्न नसक्ने भए आफुहरुलाई पनि गोलि ठोकेर मार्न चुनौती दिएका हुन् ।

बाबु यज्ञराज पन्त र आमा दुर्गा देवीले छोरीको हत्यारा पत्ता नलगाएका कारण आफु राजधानी आएकाले आफ्नै छोरी सम्झेर न्याय दिलाउन प्रधानमन्त्रीसंग आग्रह गरे ।

कंचनपुरका महिला अधिकारकर्मीले न्याय नपाईकन जिल्ला नफर्कने भन्दै न्यायका लागि ज्यान गुमाउन पनि तयार रहेको बताए । प्रहरीले घटनाका प्रमाण नष्ट गर्ने काम गरेको भन्दै अधिकारकर्मीले प्रहरीमाथि लागेको दाग हटाउन प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई पनि चुनौति दिए ।

उनीहरुले अनुसन्धान टोलीमा रहेका सदस्य उपसचिव विरेन्द्र केसीले अनुसन्धानको विश्वसनियतामा गम्भीर प्रश्न उठाउँदै राजीनामा दिएर पनि फेरी समिति सदस्यमै फर्किएकाले उनको भुमिका प्रति पनि आशंका उब्जिएको बताए ।

अधिकारकर्मी शारदा चन्दले गोली नचल्ने बेला सम्म घटनाबारे केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण नभएको र त्यसपछि सरकारका विभिन्न निकाय पुगेर पन्तका परिवारलाई पीडा दिने काम भएको बताइन् ।

न्यायका लागि ज्यान दिन पनि आफुहरु तयार रहेको भन्दै न्याय नपाई जिल्ला नफर्कने उनले चेतावनी दिइन् । ९ जना अधिकारकर्मी सहित निर्मला पन्तका आमा बुबा न्याय खोज्दै राजधानी काठमाडाैं आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);