समाचारलेखेकै भरमा पत्रकार पक्राउ नगर्न देउवाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

समाचारलेखेकै भरमा पत्रकार पक्राउ नगर्न देउवाको चेतावनी

deuba

काठमाडौं, २८ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समाचार लेखेकै भरमा सरकारले पत्रकारलाई पक्राउ गर्ने काम गरेको भन्दै आपत्ति जनाएका छन् । उनले पछिल्लो समय प्रहरीले समाचार लेखेकै भरमा पत्रकारहरुलाइ पक्राउ गर्न थालेको भन्दै त्यसप्रति आपत्ति जनाए ।

सभापति देउवाले पत्रकारहरुलाई पक्राउ गर्ने जस्तो काम पनि गर्ने हो भनि सरकारलाई प्रश्न पनि गरे । उनले सरकारले पत्रकारहरुलाई पनि पक्राउ गरेकाले आफ्नो पार्टीले विरोध गर्नु परेको पनि स्पष्ट पारे ।

यसैगरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पत्रकारहरुलाई अनावश्यक धरपक्कड गर्न नमिल्ने टिप्पणी गरे । वरिष्ठ नेता नेपालले पत्रकारहरुलाई पक्राउ गर्ने, धरपक्कड गर्नेलगायतका विषयमा आफूले धेरै नबुझेको उल्लेख गर्दै उनीहरुलाई निरुत्साहित हुनेगरी कुनै पनि गतिविधि प्रहरीले गर्न नहुने प्रतिक्रिया दिए ।

गत सोमबार समाचार प्रकाशित गरेकै आधारमा खोजतलास साप्ताहिकका सम्पादकलाई प्रहरीले पक्राउ गरेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);