Our Network

मंसिर २३ २०७८, बिहीबार

कोरोनाको कारण देखाई पत्रकारलाइ कामबाट निकाल्ने तथा पारिश्रमिक नदिने काम नगर्न महासंघको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले स्वास्थ्य सर्तकताका मापदण्ड पालना गरेर कार्यक्षेत्रमा खटिन पत्रकारहरुलाई अनुरोध गरेका छन् ।

सभापति पोखरेलले पत्रकारिता क्षेत्र जस्तोसुकै समस्या र जोखिममा पनि काम गर्नुपर्ने क्षेत्र भएको भएपनि महामारीको समयमा सबैले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नु पर्नेमा उनले जोड दिए ।

अध्यक्ष पोखरेलले महामारीको समयमा कार्यस्थलमा खटिने पत्रकारहरुलाई कुनै पनि किसीमका समस्या भए महासंघको सम्पर्कमा आउन पनि अनुरोध गरे । उनले कोरोनाको कारण देखाएर कुनैपनि श्रमजीवि पत्रकारलाई कामबाट निकाल्ने, पारिश्रमिक लगायत सेवा सुविधा नदिने जस्ता काम नगर्न सञ्चारगृहलाई आग्रह गरे ।

महासंघले कोरोना महामारीमा फ्रन्टलाईनमा रहेर काम गर्ने पत्रकारहरुको स्वास्थ्य सुरक्षा र सेवा सुविधा समयमै उपलब्ध गराई सहयोगी भूमिका निर्वाह गर्न सञ्चार गृहहरुलाई आग्रह गरे ।

उनले कोभिड संक्रमण देखा परेका पत्रकारका लागि उपचार गराउनका लागि निश्चित अस्पतालको व्यवस्था गर्न पनि सरकारसंग माग राखे ।

अध्यक्ष पोखरेलले जोखिमको समयमा काम गरिरहेका पत्रकारहरुलाई कामबाट निकालिने , विस्थापित हुनुपर्ने अवस्था दोहरिन नदिन महासंघले काम गरिरहेको बताए ।

पत्रकार महासंघले समिति नै बनाएर समस्यामा परेका पत्रकारहरुको लागि तत्काल गर्नुपर्ने काम र दिगो व्यवस्थापनको क्षेत्रमा काम गर्न सुरु गरेको अध्यक्ष पोखरेलले जानकारी दिए ।

Leave a Reply