५ सय १७ जना पत्रकार संक्रमित, सतर्कताका साथ काम गर्ने वातावरण बनाउन सञ्चारगृहसँग आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

५ सय १७ जना पत्रकार संक्रमित, सतर्कताका साथ काम गर्ने वातावरण बनाउन सञ्चारगृहसँग आग्रह

काठमाडाैं । नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारहरुलाई स्वास्थ्य सतर्कताका साथ काम गर्ने वातावरण बनाउन सञ्चारगृहसँग आग्रह गरेका छन् ।

सोमबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा संचारग्राममा आयोजित कार्यक्रमपछि नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलले पत्रकारहरुलाई स्वास्थ्य सर्तकताका साथ काम गर्ने वातावरण बनाउन सञ्चारगृह हरुलाई आग्रह गरेका हुन् ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कोरोनाका कारण संसारभरको पत्रकारिता रक्षात्मक अवस्थामा पुगेपनि पत्रकारहरु जनतालाई सुसुचित गर्ने, सत्यतथ्य समाचार सम्प्रेषण गर्ने र गलत क्रियाकलापको आलोचनामा खरो रुपमा उत्रिएको उल्लेख गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोरोना महामारीका बेलामा पत्रकारलाई केन्द्रीत गरेर जारी निर्देशिका अनुसार सुरक्षाका उपाय अपनाउन अनुरोध गरे । पत्रकार महासंघले नेपालमा कोरोना महामारीका समयमा ५ सय १७ जना पत्रकारहरु पीडित भएको तथ्यांकसार्वजनिक गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);