Our Network

असार ११ २०७८, शुक्रबार

२४ घन्टा बित्न नपाउँदै कोरोनाको कारण हेटौंडामा ३ संक्रमितको मृत्यु

हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा अस्पतालको कोभिड कक्षमा थप एक संक्रमितको मृत्यु भएको छ ।

आज बिहान साढे ९ बजे संक्रमितको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा महोत्तरी जलेश्वर(२ का ५० वर्षीय पुरुष रहेका छन् । उनलाई ६ दिन अघि थप उपचारको लागि हेटौंडा अस्पताल ल्याईएको थियो ।

यो संगै २४ घण्टा नबित्दै हेटौंडा अस्पतालमा ३ जना संक्रमितले ज्यान गुुमाएका छन् ।

यसअघि आज बिहान ६ बजेर २२ मिनेटमा बाराका ४६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो । यसैगरि गएराति ९ बजेर १७ मिनेटमा हेटौंडा(१ का ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

Leave a Reply