हेटौंडामा थप एक कोरोना संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

हेटौंडामा थप एक कोरोना संक्रमितको मृत्यु

हेटौंडा । हेटौंडामा सोमबार बिहान थप एकजना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारा जिल्लाको अम्लेखगञ्जका ४६ बर्षिय पुरुष रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिएका छन् ।

आइतबार राति १२ बजे उपचारका लागी हेटौंडा अस्पताल ल्याइएका ती व्यक्तीको आज ९ बजे बिहान मृत्यु भएको निरीक्षक चौलागाईले बताए ।

योसँगै कोरोना उपचारका लागि हेटौंडा अस्पतालले आइसियु संचालनमा ल्याएपछि मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

यसअघि आइतबार राति हेटौंडा उपमहानगरापालिका वडा नम्बर १ का एकजना ५५ बर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);