हेटौंडामा थप एक कोरोना संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

हेटौंडामा थप एक कोरोना संक्रमितको मृत्यु

हेटौंडा । कोरोना भाइरसको संक्रमणका कारण हेटौंडामा थप एक महिलाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ की ४१ बर्षीय महिलाको संक्रमणबाट मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिए ।

हेटौंडा अस्पतालमा इमर्जेन्सीमा उपचारका लागि भर्ना भएकी ती महिलामा निमोनिया पाईएपछि पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको डा. काफ्लेले बताए ।

दुईदिनको अवधिमा हेटौंडा अस्पतालमा उपचारका लागि भर्ना भएका ४ संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);