हेटौंडामा नातिको बन्चरो प्रहारबाट हजुरआमाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

हेटौंडामा नातिको बन्चरो प्रहारबाट हजुरआमाको मृत्यु

हेटौंडा। हेटौंडामा शुक्रबार नातिको बन्चरो प्रहारबाट हजुरआमाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा १७ दियालो दमारका ९० वर्षीया कान्छीमाया गुरूङ रहेकी छिन् । घरको आँगनमा बसिरहेको बेला गुरूङलाई आफ्नै नाति २२ वर्षीया आकाशले बन्चरो प्रहार गरेका थिए ।

बन्चरो प्रहारबाट घाइते गुरूङको उपचारको कममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी जयश्वर रिमालले बताएका छन।बन्चरो प्रहार गर्ने नातिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);