बन्चरो प्रहार गरी बाबुको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

बन्चरो प्रहार गरी बाबुको हत्या

death

मकवानपुर । मकवानपुरमा छोराले प्रहार गरेको बन्चरो लागेर बाबुको मृत्यु भएको छ । कैलाश गाउँपालिकामा आइतबार बिहान बाबु छोराबीच विवाद हुँदा ३० वर्षे अन्जन सापकोटाले बाबु बलराम सापकोटालाई बन्चरो प्रहार गरेका हुन् ।

छोराले प्रहार गरेको बन्चरो टाउकोमा लागेर ५० वर्षे बलराम सापकोटाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

अहिले अन्जनलाई नियन्त्रणमा लिएर घटनास्थल सुरक्षित गरिएको र मनहरीबाट प्रहरी निरीक्षकको कमान्डमा टोली घटनास्थल तर्फ गईसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);