बुबाको हत्या गर्ने छोरी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

बुबाको हत्या गर्ने छोरी पक्राउ

हत्या गर्ने महिला

इलाम, ६ जेठ । बुबाको हत्या गरि फरार रहेकी शुस्मा राईलाई प्रहरीले पक्राउ गरेको छ । ५२ वर्षिय बुबा फुलबहादुरलाई गएराती हत्या गरि फरार रहेकी छोरीलाई नजिकैको जंगलबाट प्रहरीले पक्राउ गरेको हो ।

इलाम सन्दकपुर गाउँपालिका वडा नम्वर ३ स्थायी घर भई माइत देउमाई नगरपालिका ६ शान्तीडाँडामा बसोबास गर्दै आएकी शुस्माले घरायसी निहुमा बुबालाई हत्या गरेको बताइएको छ । शुष्माले बुबालाई टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेर फरार रहेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय मंगलवाको सम्युक्त टोलीले खोज तथा अनुसन्धान गरि आज नै शुस्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार घटना स्थलबाट दक्षिण तर्फको जंगलमा लुकेर बसेकी उनलाई प्रहरीले पक्राउ गरको छ ।

उनको साथबाट बन्चरो समेत नियन्त्रणमा लिइएको छ । शुस्मालाई जिल्ला प्रहरी कार्यालय इलामबाट कर्तब्य ज्यान मुद्दामा अनुसन्धान भईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);