शिक्षकको हत्या गरेको आरोपमा इलाममा एकजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

शिक्षकको हत्या गरेको आरोपमा इलाममा एकजना पक्राउ

इलाम, २ कार्तिक । शिक्षकको हत्यामा सम्लग्न एक ब्यक्तिलाई इलाम प्रहरीले पक्राउ गरेको छ । गएको असोज २९ गते माई नगरपालिका १ स्थानिय ४६ बर्षिय शिक्षक पुष्पलाल राईलाई हत्या गरेको आरोपमा स्थानिय ४५ बर्षिय पदम बहादुर राईलाई पक्राउ गरिएको हो ।

हत्या पछि गएको प्रहरीले अनुसन्धानका क्रममा पदमबहादुर राईलाई पक्राउ गरेको थियो । राईले आज मात्र शिक्षकको हत्या गरेको स्विकार गरेपछि उहाँलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

हत्यापछि अनुसन्धनाका क्रममा शिक्षक पुष्पलाललाई धारिलो हतियार प्रयोग गरिएको निष्कर्ष निकालिएको थियो । प्रारम्भिक चरणमा जिल्ला प्रहरी कार्यालय इलामले अनुसन्धान गरेको थियो । त्यसपछि थप अनुसन्धानका लागि संघिय प्रहरी इकाइ कार्यालय धरान सुनसरीबाट घट्नास्थलमा “लैला“ नामको ट्रयाकर (म्यन) झिकाई ट्रयाकिङ गराई मृतक लाशको घट्नास्थल लाशजाँच गरिएको थियो ।

कुकुरको अनुसन्धानपछि लास जाँच गरेर मुचुल्का गरि लाशको पोष्टमार्टमको लागि बि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

हत्या आरोपमा नियन्त्रणमा लिएका पदम बहादुरको साथबाट सबुत प्रमाण खुकुरी समेत फेला पारिएको थियो । पदमबहादुरलाई इलाम जिल्ला अदालत इलामबाट हिरासतमा राख्न अनुमति लिई थप अनुसन्धान भईरेहको समयमा निजले घटनामा संलग्नम भएको कुरा स्वीकार गरिसकेको बताइएको छ । उहाँलाई हत्या कसुर अन्तर्गत कारागार चलान गरिएको समेत बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);