१७ वर्षीया आकृती राईको हत्यामा संलग्न पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

१७ वर्षीया आकृती राईको हत्यामा संलग्न पक्राउ

इलाम, ६ चैत । इलाम सूर्योदय नगरपालिकाकी १७ वर्षीया आकृती राईको हत्यारामा संलग्नलाई पक्राउ गरिएको छ । राईको हत्या गर्ने छिमेकी रोशन राईलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय इलाममा आज पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरिएको छ ।

गत मंगलबार कक्षा ११ को जाँच दिन विद्यालय हिँडेकी आकृतीलाई बलात्कार गरेर जंगलमा लगि हत्या गरेको रोशनले बयान दिएको इलामका प्रहरी प्रमुख हिरा बहादुर पाण्डेले जानकारी दिनुभयो ।

आकृतीको हत्या गरेर माटोमा गाडेको अवस्थामा बुधबार शव फेला परेको थियो । सूर्योदय नगरपालिका १३ स्थित पोखरी (किरात टोल) का पुर्ण बहादुर राईकी छोरी आकृती स्थानिय ज्योती मावि कक्षा ११ मा अध्यनरत रहेको बताइएको छ ।

युवती मंगलबार बिहान घरबाट परीक्षा दिन भनी हिँडेको तर बिद्यालय नपुगेपछि खोजतलास सुरु गरिएको थियो । बुधबार दिउँसो अम्लीसो बारीमा उनको शव फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । बुधबार प्रहरीले घटनाको मुचुल्का उठाएर शव निकालेको थियो । शवलाई थप परिक्षणका लागि बिपि स्वास्थ्य प्रतिष्ठान धरान पठाइएको छ ।

प्रहरी सामु रोशनले बलात्कार गरेको घटना सार्वजनिक गर्छु भनेपछि आकृतीलाई हत्या गरेको खुलाएका छन् । ढुंगाले टाउकोमा प्रहार गरेर हत्या गरेको र आफ्नै गाई बाध्ने गोठ नजिकै रहेको अम्लिसो बारीमा लगेर खाल्डो खनेर उनको शव गाडेको रोशनको बयान उधृत गर्दै प्रहरी प्रमुख पाण्डेले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);