हत्याको २६ दिन पछि शव भेटियो नदीमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

हत्याको २६ दिन पछि शव भेटियो नदीमा

ramila rai

इटहरी, १४ चैत ।  मोरङको बेलबारी–४ की २६ वर्षीया रमिला राईको शव हत्या भएको २६ दिनपछि सप्तकोसी नदीमा भेटिएको छ ।  राईको शव कोसी ब्यारेजबाट लगभग तीन सय मिटर दक्षिणतर्फ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह नजिकै बुधबार भेटिएको हो ।

राईको हत्या आरोपमा पक्राउ परेका बेलबारीका योगेन्द्र गुरुङको बयानका आधारमा सुनसरी प्रहरीको सहयोगमा मोरङ प्रहरीले राईको शव खोज्न एक साता बढी विशेष टोली परिचालन गरिएपनि बुधबार कोशी ब्यारेजका स्थानीय युवाहरुको सहयोगमा राईको शव सप्तकोसी नदीबाट फेला परेकोे हो ।

नदी भित्र बोरामा शव देखेपछि स्थानीयहरुले प्रहरी लाई खबर गरेका थिए । पछि स्थानीय प्रहरीको अनुरोधमा कोशी ब्यारेजका तीनजना युवकले उक्त महिलाको शव करिब डेढ घन्टा लगाएर डुङ्गाको सहयोगमा नदीबाट बाहिर निकालेका थिए ।

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अुनसार सेतो बोरामा हात खुट्टा बाँधेर फ्यालेको अवस्थामा शव भेटिएको हो। माछा मार्नेक्रममा बोराभित्र शव देखेपछि माझीले प्रहरीलाई खवर गरेका थिए

प्रहरीका अनुसार गुरुङले फागुन १७ गते राति रमिलाको हत्या गरेर  उज्यालो नहुदै त्यही राति विहान ३ बजे राईको शव बा १५ च ७९१६ नम्बरको कारमा राखेर शवे कोसी ब्यारेजमा फालेको स्वीकार गरेका छन् । गुरुङ फागुन २४ गते इलामबाट पक्राउ गरेका हुन ।

गुरुङको गाडी फागुन १७ गते राति साढे १२ बजे सुनसरीको इटहरीबाट पश्चिम लागेको र शनिबार बिहान साढे ४ बजे सुन्दरहरैँचाको गोठगाउँबाट पूर्व लागेको देखिएको ‘सिसी टिभी फुटेज’ दखीए पछि  फुटेजको आधारमा प्रहरीले उनलाई खोजी गरी पक्राउ गरिएको एसपी केसी बताए ।  यो समाचार आजको हिमालय टाइम्स दैनिकमा छ ।

बाहिर मापसे गरेर गुरुङको घरमा पुगेपछि झगडा भएको र सोही क्रममा राईको हत्या गरेको बयानबाट खुलेको छ । सम्बन्ध विच्छेद गरेर बेलबारीस्थित माइतीमै बस्दै राई की एक छोरी छन । गुरुङ भने श्रीमती र दुई छोरा काठमाडौंमा बस्दै आएका छन् । उनी नोबेल सामुदायिक अस्पताल बेलबारीका अध्यक्ष हुन् ।

गुरुङलाई प्रहरीले फागुन २४ गते इलामबाट पक्राउ गरेको थियो। रमिला बेपत्ता भएपछि आफन्तले प्रहरीलाई खवर गरेका थिए। रमिला बेपत्ता भएको भन्दै उनकी बहिनीले फोन गरेपछि गुरुङसमेत पटक–पटक रमिला बस्दै आएको माइती घरमा पुगेका थिए।

हत्या गरिएकी राई सम्बन्ध विच्छेद गरेर बेलबारीस्थित माइतीमै बस्दै आएकी थिइन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);