खानेपानीमन्त्री मगर भन्छिन् मेरो चरित्रहत्या गर्न खोजियो | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

खानेपानीमन्त्री मगर भन्छिन् मेरो चरित्रहत्या गर्न खोजियो

bina magar

काठमाडौं, १४ चैत । खानेपानीमन्त्री बिना मगरले आफ्नो राजनीतिक चरित्रहत्या गर्न खाजेको आरोप लगाएकी छन् ।

विवेकशील नेपाली पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफूविरुद्ध उजुरी हालेर चरित्र हत्या गर्न खोजेको भनाई उनको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

विवेकशीलले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको दाबीसहित मन्त्री मगरविरुद्ध उजुरी हालेको थियो ।

विवेकशीलकी रञ्जु दर्शनाले आयोगमा दिएको उजुरीको समाचार प्रकाशित भएपछि मन्त्री मगले बिहीबार विज्ञप्ति जारी गर्दै आयोजनाको कुनै पनि निर्णयमा आफ्नौ कुनै भूमिका नरहेको, मेलम्ची बोर्डले गर्ने निर्णय नै अन्तिम निर्णय रहेको उल्लेख गरिन् ।