कांग्रेसद्धारा प्रधानमन्त्री ओली र प्रविधिमन्त्री मन्त्री श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

कांग्रेसद्धारा प्रधानमन्त्री ओली र प्रविधिमन्त्री मन्त्री श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ।

राष्ट्रियसभा उपनिर्वाचनमा मौन अवधि सुरु भइसकेपछि बुधबार प्रधानमन्त्री ओलीले र मन्त्री श्रेष्ठले विज्ञप्तिमार्फत नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई मतदान गर्न अपिल गरेको भन्दै कांग्रेसले निर्वाचनमा आयोगमा बिहीबार दर्ता गरेको हो ।

‘आचारसंहिता विपरीत सरकार प्रमुखले नै अमुक उम्मेदवारलाई नै विजय गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनको आधारभूत सिद्धान्त विपरीत भएको छ’ कांग्रेसले निर्वाचन आयोगले दिएको पत्रमा भनिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);