राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान सम्पन्न, ४ बजेबाट मतगणना सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान सम्पन्न, ४ बजेबाट मतगणना सुरु

हेटौँडा । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान सम्पन्न भएको छ । उपनिर्वाचनको मतगणना पनि आज हेटौंडामा भईरहेको छ । हेटौंडा–४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयमा रहेको मतदानस्थलमा दिउँसो ३ बजे मतदान सकिएको हो ।

बिहान ९ बजेदेखि सुरू भएको मतदानमा १ सय ५ प्रदेश सदस्य र २ सय ३२ प्रमुख र उप–प्रमुख गरी ३ सय ३८ जनाले मतदान गरेको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

राष्ट्रियसभा सदस्य रामबहादुर थापाले दल परिवर्तन गरेपछि रिक्त पदमा थापा आफैं, स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङले उम्मेद्वारी दिएका छन् । निर्वाचनमा बागमती प्रदेशका १ सय १० सांसद र १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);