एमाले स्थाई कमिटी बैठक : राष्ट्रिय सभाको उपनिर्वाचनमा पार्टीको विपक्षमा मतदान गर्नु घातक भएको ठहर | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

एमाले स्थाई कमिटी बैठक : राष्ट्रिय सभाको उपनिर्वाचनमा पार्टीको विपक्षमा मतदान गर्नु घातक भएको ठहर

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको विपक्षमा मतदान गर्ने जनप्रतिनिधिका क्रियाकलाप क्षमायोग्य नहुने बताएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा माधव नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई मत नदिएको बारेमा गम्भीर छलफल भएको बैठकमा सहभागि एक नेताले बताए । बैठकले पार्टीविरोधी गतिविधि र पार्टीको विरुद्धमा मतदान गर्ने प्रवृत्तिको भर्त्सना गरेको र यो घटनालाई क्षम्य मान्न नसकिने पनि उलनले बताएका छन् ।

उनले कार्यदल बनेपछि पनि पार्टीका विपक्षमा मतदान गर्ने कुरालाई सामान्य रूपमा लिन नसकिने प्रतिक्रिया समेत प्रतिक्रिया दिएका छन् । बैठकमा माधव नेपाल पक्षको उद्देश्य एमालेमा रहने खालको नदेखिएकोले कार्यदलको वार्ता अघि बढाउने कि नबढाउने भन्ने बारेमा समेत गम्भीर छलफल भएको एमाले स्रोतले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);