स्पष्टीकरणको विषयमा कुनै जानकारी छैन : एमाले नेतृ शाक्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्पष्टीकरणको विषयमा कुनै जानकारी छैन : एमाले नेतृ शाक्य

काठमाडौं । एमाले नेतृ अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय बोर्डको बैठकले स्पष्टीकरण सोधेको विषयमा आफूलाई कुनै जानकारी नभएको स्पष्ट पारेकी छन् ।

माधव नेपाल पक्षकी नेतृ शाक्यले स्पष्टीकरणको बारेमा आफूलाई कहीँ कतैबाट नसोधिएको र फोन सम्पर्क समेत नभएको स्पष्ट पारेकी हुन् । उनले बोर्ड बैठकमा समेत आफूहरूलाई जानकारी नै नदिई एकलौटी बसेको भन्दै रुष्ट बनेकी छन् ।

बिहीबार सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर बादल विरुद्ध लागेका १४ जना प्रदेशसभा सदस्यहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेलगतै उनले यस्तो आपत्ती जनाएकी हुन्। उनले स्पष्टीकरणबारे प्रतिक्रिया दिँदै उपनिर्वाचनमा मतदान गर्दा कसैलाई देखाएर नगर्ने हुँदा स्पष्टीकरणको कुनै औचित्य नभएको बताएकी छिन् ।

निर्वाचन स्थल आफैमा गोप्य हुने भन्दै शाक्यले आफूहरुमाथि लगाइएको लाञ्छनामा कुनै सत्यता नभएको बताईन।उप निर्वाचनमा स्थानीय तहतर्फ २ सय ३३ मत खसेकोमा देवकोटाले १ सय २८ मत प्राप्त गरेका थिए ।

थापाले १ सय ३ मत प्राप्त गर्दा नेमकिपाका उम्मेदवारले दुई मत प्राप्त गरेका थिए। देवकोटाले स्वतन्त्र रूपमा उम्मेदवारी दिए पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले नेपाल–खनाल समूहको समर्थन रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);