१० बुँदे सहमतिको स्वागतका लागि हतार नगरौं : नेतृ झाँक्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

१० बुँदे सहमतिको स्वागतका लागि हतार नगरौं : नेतृ झाँक्री

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले एमाले कार्यदलबीच आइतबार राति भएको १० बुँदे सहमतिको स्वागतका लागि हतार गर्न नहुने बताएकी छन् ।

नेतृ झाँक्रीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपाल पक्षबीच भएको १० बँदे सहमतिमाथि समाजिक सञ्जालमार्फत् यस्तो प्रतिक्रिया दिएकी हुन् ।

उनले भ्रममा नपरौँ भन्दै कार्यदलबीच भएको सहमतिको स्वागत गर्न हतार नगरौँ तर निरास पनि नबनौँ भन्दै सम्देश दिएकी छिन् । सहमति पश्चात् सहमति कै विषयमा पनि नेताहरुको फरकफरक व्याख्या तथा अभिव्यक्तिहरु बाहिर आइरहेका बेला झाँक्रीले यस्तो प्रतिक्रिया दिएकी हुन्र ।

उनले लेखेकी छिन्–‘भ्रममा नपरौं, स्वागत गर्न हतार नगरौं । निरास पनि नबनौ । राजनीति हो यसले बाटो लिन्छ । उज्यालो पहिल्याउन सकिन्छ ।’

झाँक्रीले आफूहरुले अदालतको निर्णय प्रभावित हुने गरी हस्ताक्षर फिर्ता नलिने कुरा पनि स्पष्ट पारेकी छन् । उनले लेखेका छन्–‘अदालतमा निवेदकको रुपमा रहेका हामी सांसदहरुले अदालतको निर्णय प्रभावित हुने गरी हस्ताक्षर फिर्ता लिईने छैन । लिने कुरै आउँदैन ।’

सम्झौताबारे आफूपक्षीय केन्द्रीय कमिटीको बैठक बसेर संस्थागत धारणा सार्वजनिक गरिने पनि जानकारी दिएकी छन् । बैठकको कार्यविधि निर्धारण गरेर नगरी आज बोलाइएको स्थायी कमिटी बैठकमा नजाने पनि उनले स्पष्ट पारेकी छन् ।

‘हाम्रो टिमको केन्द्रीय कमिटीको बैठक बसेर १० बुँदे सम्झौताबारे संस्थागत धारण आउने छ । स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो सम्झौता कार्यान्वयन योग्य हुँदैन । बैठक जाने कुरा हुन्न ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);