नयाँ सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ : रेखा शर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नयाँ सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ : रेखा शर्मा

रुपन्देही। नेकपा माओवादीकी नेतृ रेखा शर्माले सत्तारुढ गठबन्धनभित्र नयाँ सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी दिएकी छन् । बुटवलमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सत्तारुढ गठबन्धनले नै नयाँ सरकार बनाउने दाबी गर्दै सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी दिएकी हुन् ।

दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै वियजी भएकी शर्माले सरकारको नेतृत्व पहिला कसले गर्ने भन्ने विषयमा दलहरुबीच सहमति जुट्न बाँकी रहेको बताइन् ।

ठूलो दलको हैसियतले कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नु स्वाभाविक रहेको प्रतिक्रिया दिएकी उनले माओवादीको तर्फबाट पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताहरुसँग छलफल गरेर प्रधानमन्त्रीको नाम टुंगो लगाउने बताइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);