सरकारको नेतृत्व 'आलोपालो' गर्ने सहमति भएको प्रचण्डको खुलासा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चितवन, ७ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व आलोपालो गरेर जाने विषयमा एमालेसँग सैद्धान्तिक सहमति भएको खुलासा गरेका छन् ।

अध्यक्ष प्रचण्डले सरकारको नेतृत्वको विषयमा कुनै अप्ठयारो नभएको बताएका छन् । शुक्रबार चितवनको भरतपुर विमानस्थलमा संचारकर्मीमाझ संक्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेशमा देखिएको विवाद समाधान हुनेगरी धारणा तय गर्न बाम गठबन्धन सक्षम हुने बताए ।

अध्यक्ष दाहालले राष्ट्रिय सभाको निर्वाचनको विषयमा संविधानले प्रष्ट नपारेकाले केही विषयमा विवादमा उत्पन्न भएको जनाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);