सांसद चन्दको प्रश्नः जनतालाई आधा सिलिण्डर ग्यास दिन नसक्नेले कुन नैतिकताले हामीसँग ३५ वर्षको हिसाव मागेको ? | ईमाउण्टेन समाचार

Our Network

साउन २७ २०८३, बिहीबार

सांसद चन्दको प्रश्नः जनतालाई आधा सिलिण्डर ग्यास दिन नसक्नेले कुन नैतिकताले हामीसँग ३५ वर्षको हिसाव मागेको ?

काठमाडौँ ।

राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टीकी सांसद रेणु चन्दले वर्तमान सरकारको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उठाउनुभएको छ ।
सरकार गठन भएको चार महिना बितिसक्दा पनि जनअपेक्षाअनुसार काम हुन नसकेको भन्दै उहाँले सरकारको आलोचना गर्नुभएको हो । राष्ट्रिय सभाको बिहीवारको बैठकमा सांसद चन्दले सरकारले जनतालाई पूरा गर्न नसकिने आश्वासन दिएको आरोप लगाउनु भयो । सांसद चन्दले स्वास्थ्य बीमाको पछिल्लो अवस्था र केदारनाथ पराजुली दम्पतीको आत्मदह (जलसमाधि) जस्ता गम्भीर विषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सरकारले आफ्नो असक्षमता लुकाउन विगतका सरकारहरूलाई दोष दिएर उम्किन नमिल्ने तर्क गर्नुभयो । ‘नयाँ’ र ‘जान्ने’ भनिएका राजनीतिक शक्तिहरू लक्षित गर्दै उहाँले ‘सिक्दै छौँ’ भन्ने बहाना नबनाउन चेतावनी दिनुभयो । उहाँले जनतालाई आधार सिलिण्डर ग्यास दिन नसक्नेले कुन नैतिकताको आधारमा ३५ वर्षको हिसाव मागेको ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले ग्यास जस्ता आधारभूत आवश्यकता समेत सहज रूपमा उपलब्ध गराउन नसक्ने सरकारले नैतिकताको आधार गुमाउँदै गएको टिप्पणी गर्नुभयो । जनताका प्रश्नहरूबाट विचलित नहुन आग्रह गर्दै उहाँले सरकारलाई जिम्मेवार बन्न सचेत गराउनु भयो ।

Leave a Reply

ताजा समाचार