माओवादीसँगको पार्टी एकताबारे एमालेमा औपचारिक छलफल सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, ७ पुस । सरकारको नेतृत्व लिने तयारीमा रहेको नेकपा एमालेले सरकार गठन र माओवादी केन्दसँगको पार्टी एकताबारे ठोस धारणा तय गर्न आन्तरिक छलफल सुरु गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलो पटक बसेको पार्टी स्थायी समितिको शुक्रबारको बैठकमा सरकार गठन र माओवादी केन्द्रसँगको पार्टी एकताबारे औपचारिक छलफल सुरु गरिएको हो ।

पार्टी उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा शुक्रबार बसेको बैठकले यस सम्बन्धमा पार्टीको औपचारिक धारणा बनाउन पार्टी केन्द्रिय समिति र पोलिटव्यूरो बैठक तत्काल बोलाउने निर्णय गरेको छ ।

केन्द्रिय समिति र पोलिटव्यूरो बैठक बोलाउने निर्णय

सरकार गठन र माओवादी केन्द्रसँग पार्टी एकताबारे ठोस धारणा तय गर्न केन्द्रिय समिति र पोलिटव्यूरो बैठक बोलाउने निर्णय गरिएको पार्टीमा सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

बैठकमा बाम गठबन्धनलाई विजयी गराएकोमा आम मतदातालाई धन्यवाद समेत व्यक्त गरिएको छ । सचिव भट्टराईले निर्वाचन सम्पन्न गराएकोमा निर्वाचन आयोग, नेपाल सरकार, सुरक्षा निकाय लगायत सम्वद्ध सबै पक्षप्रति आभार व्यक्त गरिएको बताए । एमालेले निर्वाचनमा विजयी भएका वाम गठबन्धनमा सबै सांसदहरुलाई बधाई ज्ञापन गरेको छ।

एमालेले राष्ट्रिय सभाको गठनसँग सरकार निर्माणको कुनै सम्वन्ध नरहेको भन्दै सरकार निर्माणमा अवरोध नगर्न सत्तारुढ नेपाली काँग्रेससँग आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);