सरकारमा जाने की प्रतिपक्षमा बस्ने निर्णय लिन रास्वपाले बोलायो बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सरकारमा जाने की प्रतिपक्षमा बस्ने निर्णय लिन रास्वपाले बोलायो बैठक

काठमाडौं, १९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा जाने वा नजान्ने भन्नेबारे निर्णय लिन आगामी शुक्रबार केन्द्रिय समिति र पार्टी संसदीय दलको संयुक्त बैठक बोलाएको छ । सोमबार काठमाडौंमा बसेको पार्टी केन्द्रिय समितिको बैठकले सरकारमा जाने/नजाने भन्नेबारे निर्णय लिन आगामी बैशाख २२ गते शुक्रबार संयुक्त बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकले पार्टी सरकार बस्ने वा प्रतिपक्षमा बस्ने निर्णय पनि गरिएको पार्टीका प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिनु भयो । बैठकमा केन्द्रिय सदस्यहरुले सरकारमा रहँदा वा प्रतिपक्षमा पार्टी रहँदाका फाईदा/बेफाईदाबारे समिक्षात्मक धारणा राख्नु भएको थियो । प्रवक्ता ढकालले भन्नु भयो, ‘आज एउटा के निर्णय गरेका छौं भने पार्टी कि त सरकार बस्छ, कि त प्रतिपक्षमा बस्छ । अव यसरी यो बीचमा बस्ने काम गर्दैन भन्ने हामीले निर्णय गरेका छौं । र, पार्टी सरकारमा जाने या प्रतिपक्षमा बस्ने यो कुराको निर्णय गर्नका लागि पार्टीले आगामी शुक्रबार बैशाख २२ गते केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठक बोलाउने । र, सो संयुक्त बैठकबाट निर्णय गर्नेगरी आजको निर्णय भएको छ । त्यो भनेको आगामी शुक्रबार मात्रै हामी सरकारमा जाने वा प्रतिपक्षमा बस्ने एउटा निर्णय गर्छौं । र, आजको राजनीतिक समिक्षाको क्रममा केन्द्रिय समितिका साथीहरु सबै जनाले पार्टी सरकारमा जाँदाखेरीको अवस्थाका फाईदाहरु, देश र जनतालाई हुन सक्ने फाईदाहरु, पार्टीलाई हुन सक्ने फाईदाहरु, हामीले गर्न सक्ने कामहरु र पार्टी सरकारमा नगएर प्रतिपक्षमा बस्दाखेरीको अवस्था । दुवै कुराको बारेमा फाईदा÷बेफाईदाहरुहरुको बारेमा सबै साथीहरुले आ–आफ्नो धारणा राख्नुभयो । र, आजको केन्द्रिय समिति बैठकमा हामीले रुलिङ भनौं भने सरकारमा जाने वा नजानेभन्ने धारणा आज राख्न दिएनौं । आज दुवै पक्षबारे विश्लेषणा गर्ने जिम्मेवारी दिइएको थियो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जानका लागि पहिलाकै मन्त्रालय पाउनुपर्ने, सरकारको न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने र सरकार पूरा अवधिनै टिक्नुपर्ने सर्त राखेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);