रास्वपा सरकारमा जान्छ की प्रतिपक्षमा बस्छ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

रास्वपा सरकारमा जान्छ की प्रतिपक्षमा बस्छ ?

काठमाडौं, २२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा जाने वा नजान्ने भन्नेबारे निर्णय लिन आज केन्द्रिय समिति र पार्टी संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

सोमबार काठमाडौंमा बसेको पार्टी केन्द्रिय समितिको बैठकले आजका लागि संयुक्त बैठक बोलाउने निर्णय गरेको हो ।

सोमबारको बैठकले पार्टी सरकार बस्ने वा प्रतिपक्षमा बस्ने निर्णय पनि गरिएको पार्टीका प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिनु भएको थियो । बैठकमा केन्द्रिय सदस्यहरुले सरकारमा रहँदा वा प्रतिपक्षमा पार्टी रहँदाका फाईदा/बेफाईदाबारे समिक्षात्मक धारणा राख्नु भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जानका लागि पहिलाकै मन्त्रालय पाउनुपर्ने, सरकारको न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने र सरकार पूरा अवधिनै टिक्नुपर्ने सर्त राखेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);