ओलीले दिए बुद्धजयन्तीको शुभकामना | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

ओलीले दिए बुद्धजयन्तीको शुभकामना

काठमाडौं, २२ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मजयन्तीको अवसरमा सम्पुर्ण नेपालीले शुभकामना दिएका छन् । बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गमस्थल लुम्बीनी रहेको तथ्यमा विश्वको ध्यान जान जरुरी रहेको उनको भनाइ छ ।

बुद्धजयन्तीको अवसरमा शुभकामना दिँदै ओलीले सिद्धार्थ गौतमको योगदान, बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पुरÞ्याएको योगदानलाई मनन गरी सन् १९९९ मा यस दिनलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय वैशाख दिवस (द डे आफ भेसाक) का रूपमा मनाउने घोषणा गरेको स्मरण गरेका छन् ।

‘हाम्रो देश नेपाल, शाक्यमुनिसँगै बुद्ध धर्म, बुद्ध दर्शन र तीनवटा बुद्धको जन्मस्थलका रुपमा प्रख्यात रहेको छ । सम्राट अशोकले इ.पू. २४९ मा शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी, क्रकुछन्द बुद्धको जन्मस्थल गोटीहवा र कनकमुनी बुद्धको जन्मस्थल निग्लिहवामा शिलालेख सहितका एक एकवटा स्तम्भ स्थापना गर्नुभएको पाइन्छ । पाल्पाका गभर्नर जनरल खड्ग शमशेर र जर्मन पुरातत्वविद् एलियस फुहररले जंगलको बीचमा सन् १८९६ मा प्रस्तर स्तम्भमा कुँदिएको शिलालेख फेला पारेसँगै लुम्बिनी पुनः पत्ता लाग्यो । ब्रह्मी लिपी र पाली भाषामा उत्कीर्ण गरिएको उक्त शिलालेखको अनुवाद भएपछि सो स्तम्भ रहेको लुम्बिनी नै शाक्यमुनि बुद्धको जन्मस्थल रहेको तथ्य प्रमाणित भएको थियो ।’–ओलीले शुभकामना सन्देशम लेखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);