कपिलवस्तुमा क्रकुच्छन्द र कनकमणि बुद्धको प्रतिमा अनावरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कपिलवस्तुमा क्रकुच्छन्द र कनकमणि बुद्धको प्रतिमा अनावरण

कपिलवस्तु । कपिलवस्तुमा क्रकुच्छन्द र कनकमणि बुद्धको प्रतिमा अनावरण गरिएको छ । शनिबार कपिलवस्तु नगरपालिका–५ गोटिहवामा क्रकुच्छन्द बुद्ध र वडा नम्बर ११ मा कनकमणी बुद्धको प्रतिमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अनावरण गरेको हो ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले कपिलबस्तु ऐतिहासिक सम्पदाले भरिएको ठाउँ भएको र यसलाई चिनाउन यसले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा कपिलवस्तुका सम्पदा स्थलको थप उत्खनन हुने बताए।

संसारको पहिलो र दोस्रो बुद्धको जन्म स्थल कपिलवस्तु घुम्न आउने पर्यटकको प्रतिमा सहितको पार्कले ध्यान खिच्ने उनको भनाइ छ । अनावरण गरिएको क्रकुच्छन्द बुद्धको मूर्ति विश्वमै पहिलो भएको दाबी गरिएको छ । कनकमणि बुद्धको मूर्ति विश्वको दोस्रो हो । यसअघि वर्मामा कनकमणिको मूर्ति रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);