फ्रान्सको लिलामीमा नेपालबाट चोरिएका दिपंकर बुद्ध (भिडियोरिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

फ्रान्सको लिलामीमा नेपालबाट चोरिएका दिपंकर बुद्ध (भिडियोरिपोर्ट)

काठमाडौं । ललितपुरको च्यासलस्थित सप्तपुर महाविहारबाट २४ वर्षअघि चोरिएको दिपंकर बुद्धको काठले बनेको टाउकोको प्रतिमा फ्रान्सको पेरिसस्थित अन्तर्राष्ट्रिय कला–सम्पदा लिलामी गृहले लिलामीमा राखेपनि लिलामी हुनबाट जोगिएको छ । पन्ध्रौं शताब्दीको दिपंकर बुद्धको मूल्य २० देखि ३० हजार युरो राखिएको थियो । तर सम्पदाको पहिचान र उत्पत्तिको आधार पुष्टि भएपछि नेपाल फर्काउने तयारी भएको छ ।

सम्पदाको पहिचान र उत्पत्तिको आधार पुष्टि भएपछि फान्सको पेरिसस्थित अन्तर्राष्ट्रिय कला–सम्पदा लिलामी ‘बोनह्याम्स’बाट पन्ध्रौ सताब्दीको दिपंकर बुद्धको मूर्ति लिलामी हुनबाट रोकिएको छ ।

ललितपुरको सप्तपुर महाविहारबाट २०५५ साल श्रावण २३ गते राती सुनको जलपसहितको ५ फिट अग्लो तामाको शाक्यमुनी बुद्धको मूर्ति र काठबाट निर्मित दिपंकर बुद्धको टाउकोको प्रतिमा चोरी भएको थियो । २४ बर्षपछि महाविहारबाट चोरीएका मूर्तिहरु मध्ये दिपंकर बुद्धको काठले बनेको टाउको प्रतिमा फ्रान्सको पेरिसस्थित अन्तर्राष्ट्रिय कला–सम्पदा लिलामी गृह ‘बोनह्याम्स’ले लिलामीमा राखेको थियो । दिपंकरको मूर्ति लिलामीबाट रोकिए पनि ‘बोनह्याम्स’ ले नेपालबाट चोरी भएका चौधौं शताब्दीदेखिका अन्य तीन सम्पदा लिलामीमा राखेको छ । उन्नाइसौं शताब्दीको विश्वरुपा (विष्णु) को मूल्य ४ देखि ६ हजार, चौंधौं शताब्दीको गरुडासन विष्णुको मूल्य ५ हजार युरो र ११ औं शताब्दीको ‘लोकेश्वर’ प्रतिमाको लिलामी मूल्य ८० हजार युरो तोकिएको छ ।

यी प्रतिमा आउँदो बिहीबार (डिसेम्बर १५) लिलामीमा जान लागेको सम्पदा खोजी अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’ले गत साता जनाएको थियो । सप्तपुर महाविहारका गुठियारहरुले २०५५ साउन २८ गते दिपंकरको टाउकोको प्रतिमा र मूल देवता शाक्यमुनी तथागतको मुर्ति महाविहारबाट चोरी भएको बारे प्रहरीमा जाहेरी दिएका थिए । आफ्नो सम्पत्ति घरफिर्तीकालागी सप्तपुर महाविहार सुधार समितिका सदस्यहरुले पुरातत्व विभागमा निवेदन दिएका थिए । महाविहारका गुठीयारहरु दिपंकरको प्रतिमा फेला परेझै महाविहारको १५ सय बर्ष भन्दा पु्रानो मूल देवता शाक्यम्ुनीको मुर्ति पनि फेला पर्ने आशा पलाएको बताउँछन् ।

दिपंकर बुद्धको टाउको चोरिँदा त्यसमा रहेको मुकुट र हातको काष्ठ आकृति भने जोगिएको थियो । नियमित पाठपूजाका लागि अर्को प्रतिरुप बनाएर राखिएको छ । अरु विहारमा यस्ता दिपंकर बुद्धको प्रतिमा तामाको राखिने भए पनि विशेष कलाकौशल भरिएको काठको दिपंकर टाउको यो महाविहारमा मात्रै रहेको गुठियारहरुले बताउँछन् । वडा नं ९ का वडा अध्यक्ष राजु महर्जन मुर्तिबारे जानकारी पाउना साथ यसलाई घर फिर्तिको पहल गरिरहेको बताउनुहुन्छ ।

पाटनमा रहेका १८ बहाल र १८ बहिलमध्येको मुख्य बहील (कचावा) का रुपमा चिनिएको सप्तपुर महाविहार झन्डै १५ सय वर्षअघि स्थापित भएको मानिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);