पहिरोका कारण साँफे–मार्तडी राजमार्ग पुनःअवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

पहिरोका कारण साँफे–मार्तडी राजमार्ग पुनःअवरुद्ध

sadak pahiro

अछाम । अविरल वर्षापछि आएको पहिरोका कारण अछामको साँफे–मार्तडी राजमार्ग पुनः अवरुद्ध भएको छ । केही दिनअघि मात्र सञ्चालनमा आएको राजमार्ग पुनः अविरल वर्षाका कारण सडकमाथिबाट आएको पहिराले अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार राजमार्ग सडकको बल्दे, अम्कोट, द्वारी र ओलेनामा ठूलो पहिरो आएर सडक अवरुद्ध बनेको हो । पहिरो पन्छाउनका लागि स्काभेटर तयारी अवस्थामा रहे पनि वर्षा नरोकिएका कारण पहिरो काम सुरु गर्न असहज भएको प्रहरीले जनाएको छ ।

सो सडक खण्डामा यसअघि पनि पटक पटक पहिरो खसेको र पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने गरिएको थियो । हाल भने लगातारका वर्षाले पहिरो पन्छाउने काम सुरु गर्न नसकिएको र पानी रोकिएलगत्तै पन्छाउने काम सुरु हुने स्थानीय प्रशासनले जनाएको छ ।

जिल्लामा शुक्रबारदेखि लगातार वर्षा हुँदा बाढी र पहिरोको जोखिम बढेको छ भने स्थानीय त्रासमा बसेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);