सिद्धिचरण राजमार्ग एक सातादेखि अवरुद्ध, जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

सिद्धिचरण राजमार्ग एक सातादेखि अवरुद्ध, जनजीवन प्रभावित

siddhicharan rajmarga

गोपाल पोखरेल
उदयपुर, ५ साउन । केही दिन अघिको अविरल वर्षापछिको बाढी र पहिरोले राजमार्ग तथा मुख्य मार्गहरु अवरुद्ध हुने क्रम जारी जारी छ । तर उदयपुरको कटारी नगरपालिका–११ स्थित ठाँटीभन्ज्याङमा ठूलो पहिरो गएपछि एक सातादेखि सिद्धिचरण राजमार्ग अबरुद्ध भएको छ । राजमार्ग अवरुद्ध हुँदा आवतजावतमा कठिनाइ भएको छ भने अन्य जिल्लासँगको सम्पर्क विच्छेद भएको छ ।

ठूलो पहिरो जांदा सिद्धिचरण राजमार्ग एक सातादेखि अवरुद्ध भएको छ । उदयपुरको कटारी नगरपालिका–११ स्थित ठाँटीभन्ज्याङमा ठूलो पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो । बेतिनी घुर्मी खण्डमा पर्ने ठाँटीमा पहिरोले सडक नै बगाएको छ । हाल पहिरो गएर अबरुद्ध भएको ठाटीभन्ज्यांगमा मात्रै १० करोड भन्दा बढि रकम खर्च भईसकेको स्थानीय बताउँछन् । तैपनि पहिरो पन्छाउन नसक्दा राजमार्ग अबरुद्ध छ । सडक संचालन गर्न सडकको ठाउँ नै परिर्वतन गर्नु पर्ने अवस्था आएको सडक डिभिजन कार्यालय लहानले जनाएको छ । ।

अहिलेको सडक भन्दा ४० मिटरमाथिबाट झण्डै ५ सय मिटर लामो ट्रयाक खोल्नु पर्ने अबस्था छ । पहिरोले गर्दा सडक पुरै भत्किएकोले सडकको आधार नै नयाँ बनाउनु पर्ने अवस्था छ । सडक सुचारु हुन कम्तिमा एक हप्ता लाग्ने छ । बाढी पहिरोका कारण सिद्धिचरण राजर्मागको माथिल्लो खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । राजर्मागको मिर्चैया कटारी र कटारी वेतिनी खण्डको पहिरो पन्छाएर आंशिक रूपमा सडक सञ्चालनमा ल्याइएपनि वेतेनी घुर्मी खण्ड भने पूर्णतया अवरुद्ध छ ।

राजमार्गको माथिल्लो क्षेत्र अवरुद्ध हुँदा औषधी, खाद्यान्न लगायत दैनिक रुपमा प्रयोग हुने अत्यावश्यक वस्तुको अभाव हँुदै गएको छ । माथिल्लो सगरमाथाका लागि आपूर्ति गरिने खाद्यान्न, लत्ताकपडा लगायत दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या भएको छ । सगरमाथाका सोलखु्म्बुु, ओखलढुंङ्गा र खोटाङ जिल्लाकालागि कटारीबाट दैनिक उपभोग्य सामग्रीको आपूर्ति हुन छाडेको एकहप्ता नाघेको छ ।

नेपाली सेनाले ०५६÷०५७ सालतिरै यो राजमार्गको ट्रयाक निर्माण गरी सरकारलाई हस्तान्तरण गरेको थियो । त्यसपछि हरेक बर्ष करोडौ रुपैयाँ खर्च हुँदै आएपनि सडक दीगो हुन सकेको छैन । ओखलढुंगाको हर्कपुरदेखि ओखलढुंगा बजारसम्म सडक कालोपत्रे भइसकेको भएपनि उदयपुर खण्डको सडक भने दिनप्रतिदिन जीर्ण बनिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);