तीनदिनदेखि अवरुद्ध पाल्पा-बुटवल सडक एकतर्फी रुपमा सुचारु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

तीनदिनदेखि अवरुद्ध पाल्पा-बुटवल सडक एकतर्फी रुपमा सुचारु

सुमन गाहा,
पाल्पा । अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै पहिरो खस्दा तीन दिन देखि अवरुद्ध सडक खण्ड एकतर्फी रुपमा सुचारु भएको छ ।

तीन दिनदेखि पाल्पा तानसेन ८ जरेपिपल, गौडेपुल स्थित सिद्दार्थ राजमार्गमा अबिरल बर्षाको कारण सडक देखी माथीबाट पहिरो खसी पुर्ण रुपमा बाटो अबरोध भएको थियो ।

प्रहरी र सडक डिभिजन कार्यालय संग समन्वयमा सडक एकतर्फी खुलेको प्रहरीले जनाएको छ । दिउँसाे पाैने तीनबजेदेखि सुचारु भएकाे हाे । सडक अबरुद्ध भएसँगै राजमार्गमा सयाैं सवारीहरु अलपत्र रहेका थिए ।

पानीसँगै परेकाे पहिराेले गाैडेपुल नजिक पहिराेसँगै ५० मिटर जति सडक नै बगाएकाे थियाे । यस्तै सिद्धबाबा कालीमाटी लगाएतका क्षेत्रमा समेत पहिराे खसेकाे थियाे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);