बुटवल, ७ असोज । सिदार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल सडखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । हिजोदेखि निरन्तर परेको वर्षाका कारण तिनाउ राजमार्गको पानीमिलमा ढुंगासहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ ।
वर्षा नरोकिएको र पहिरो झर्ने क्रम रहेको हुँदा सडक सुचारु गर्न समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख पृथ्वी नारायण काफ्लेले बताउनुभयो ।
पहिरो पन्छाउन सडक डिभिजन पाल्पाको सहयोगमा डोजर प्रयोग भएपनि सडक सुचारु गर्न केही समय लाग्ने प्रमुखले काफ्लेले बताए ।
यसैबिच बिहानैदेखि पहिरो खसेको तिनाउ गाउँपालिका–५, को कालीमाटीमा भने पहिरो पन्छाएर सडक सुचारु भएको प्रहरीले जनाएको छ ।




