पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–दोभान सडक खण्डमा यातायात अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–दोभान सडक खण्डमा यातायात अवरुद्ध

butwal palpa road

बुटवल, १८ जेठ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–दोभान सडक खण्डमा यातायात अवरुद्ध भएको छ ।

तिनाउ गाउँपालिकाको वडा नम्बर ३ स्थित हेडबक्स भन्ने ठाउँमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । बर्षाका कारण सडकमा ठूला ठूला ढुंगा खसेका छन् जसका कारण पाल्पातिरबाट बुटवल आउँदै गरेका र बुटवलबाट पाल्पा हुँदै गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ हिँडेका सवारी साधन रोकिएका छन् ।

सवारीसाधन रोकिएपछि यात्रुहरु अलपत्र परेका छन् । तर बर्षा नरोकिएका कारण पहिरो पन्छाउन कठिनाइ भएको प्रहरीले जनाएको छ । गत वैशाख ३१ गते पनि हेडबक्समा नै पहिरो खसेका कारण सडक अवरुद्ध भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);