सरकारद्दारा छुटेका २ लाख मध्ये १० हजार ८ सय ४५ जनालाई लाभग्राही सूचीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सरकारद्दारा छुटेका २ लाख मध्ये १० हजार ८ सय ४५ जनालाई लाभग्राही सूचीमा

puna nirman pradhikaran

काठमाडौं, १८ जेठ । सरकारले भूकम्प पीडितको लाभग्राही सूचीमा छुटेका २ लाख मध्ये १० हजार ८ सय ४५ जनालाई लाभग्राही सूचीमा राखेको छ ।

लाभग्राही सूचीमा छुटेको भन्दै गुनासो आउने क्रम अहिले पनि जारी रहेको सन्दर्भमा प्राप्त भएका गुनासा तथा निवेदनलाई सम्बोधन गरिएपनि अझै ठूलो संख्यामा नागरिक बाँकी रहेका छन् । पछिल्लो पटक धादिङ, दोलखा, नुवाकोट,  रसुवा, गोरखालगायतका जिल्लाको गुनासो मध्ये केहीको लाभग्राही सूचीमा थप गरिएको हो । पछिल्लो पटक पुनः निर्माण प्राधिकरणले स्थगलत अध्ययन तथा प्राविधिकहरुको सुझावका आधारमा लाभग्राहीको संख्या थप गरेको हो ।

प्राधिकरणकाअनुसार १ लाख ६५ हजार ८ सय ८१ लाभग्राहीले तेस्रो किस्ताका लागि आवेदन दिएका छन् । कूल ९ लाख ९६ हजार ५ सय ८२ घर क्षति भएको भन्दै लाभग्राही सूचीका लागि आवेदन प्राप्त भएको प्राधिकरणले जनाएको छ । त्यसमा अति प्रभावित १४ जिल्लाका ८ लाख २३ हजार ४ सय ६० घर परिवार प्रभावित भएका थिए । कम प्रभावित १८ जिल्लाका एक लाख ६३ हजार १ सय २२ घर प्रभावित भएका थिए ।

ती मध्ये ७ लाख ६७ हजार ७ सय ५ लाभग्राही सूचीमा परेका थिए । ४ लाख २४ हजार २३५ घर परिवारले दोस्रो किस्ताका लागि आवेदन दिएका छन् । ७ लाख ९ हजार १ सय ८१ घर परिवारले पहिलो किस्ता बुझेका छन् । हालसम्म १ सय ४७ वटा सरकारी भवन मात्रै पुनः निर्माण भएका छन् । त्यस्तै १ सय ६ वटा सांस्कृतिक सम्पदा पुनःनिर्माण भएका छन् । सरकारी भवन तथा सांस्कृतिक सम्पदा पुनः निर्माणको गति कमजोर रहेको छ । त्यस्तै स्वास्थ्य संस्थातर्फ १ सय ४५ वटा मात्रै पुनः निर्माण भएको प्राधिकरणले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);