छुट भूकम्पपीडितको पुनः सर्वेक्षण गरिने | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

काठमाडौँ, ३ भदौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विभिन्न कारणले सर्वेक्षणमा छुट भएर लाभग्राहीको सूचीमा नपरेका भूकम्प पीडितको पुनः सर्वेक्षणका लागि अति प्रभावित १४ जिल्लामा इन्जिनियरलाई पुनः खटाएको छ। ती जिल्लामा ३३२ जना इन्जिनियरले शुक्रबारदेखि प्राधिकरणमा प्राप्त गुनासाका आधारमा सर्वेक्षण सुरु गरेका हुन्।

 

यसरी खटाइएका इन्जिनियरलाई राजधानीमा तीन दिनको प्रशिक्षण दिइएको थियो । उनीहरूले प्राधिकरण केन्द्रमा दर्ता भएका करिब एक लाख २८ हजारवटा गुनासाका आधारमा पुनः सर्वेक्षण गर्नेछन् । गुनासो फस्र्योट भएर लाभग्राही तथा प्रबलीकरणको सूचीमा परेका घरधुरीको भने पुनः सर्वेक्षण नहुने प्राधिकरणले स्पष्ट पारेको आजको गोरखापत्र दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);