हवाई उडान पुनः सञ्चालन गर्न भारतलाई तालिवानको अनुरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

हवाई उडान पुनः सञ्चालन गर्न भारतलाई तालिवानको अनुरोध

एजेन्सी । तालिवानले व्यावसायिक हवाई उडान पुनः सुरू गर्न भारतसँग अनुरोध गरेको छ । अफगानिस्तानको नागरिक उड्यन प्राधिकरणले भारतलाई एक पत्र पठाउँदै काबुलबाट नयाँ दिल्लीको उडान पुनः सञ्चालन गर्न अनुरोध गरेको हो ।

‘अमेरिकी सेनाले अफगानिस्तान छोड्नुअघि काबुल विमानस्थलमा क्षति पुगेको थियो । कतारको प्राबिधिक सहयोगमा विमानस्थल पुनः सञ्चालनमा आएकोले अबरुद्ध हवाई उडान पुनः सुरू गर्न अनुरोध गर्छौ,’ प्राधिकरणले दुई साताअघि पठाइएको पत्रमा भनिएको छ । 

तालिवानले पत्र पठाएपछि काबुलमा उडान सञ्चालन गर्ने बारेमा भारतीय सरकारले समिक्षा गरिरहेको छ । दुबै देशका यात्रुहरुको सहज यात्राका लागि अनुरोधसहितको पत्र भारत पठाइएको तालिवानको हवाई उड्यन प्राधिकरणले पुष्टि गरेको छ । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);