नेपाली श्रमिक धेरै संख्यामा रहेका मुलुकमा नियमित हवाई उडान पुनः संचालनमा आउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाली श्रमिक धेरै संख्यामा रहेका मुलुकमा नियमित हवाई उडान पुनः संचालनमा आउने

काठमाडौं । नेपाली श्रमिकहरु अधिक संख्यामा रहेका मुलुकहरुमा नियमित हवाई उडान पुनः संचालनमा आउने भएका छन् ।

बुधबार राति बालुवाटारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले नेपाली श्रमिक संख्या रहेका मुलुकहरुमा नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले जापान, मलेसिया, युएई, टर्की, कतार र साउदी अरेबियामा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको हो ।

यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन् ।

त्यसैगरी बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदाका लागि आर्थिक सहयोग गर्ने समेत निर्णय गरेको छ । १५ दिन क्वारेन्टाइनमा बस्नु पर्ने भएमा १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);