आन्तरिक हवाई उडान खुला गर्ने सरकारको निर्णय, | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आन्तरिक हवाई उडान खुला गर्ने सरकारको निर्णय,

काठमाडौँ। सरकारले कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै बन्द गरेको आन्तरिक र बाह्य हवाई उडान खुला गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर शर्तसहित हवाई उडान खुला गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले बुधबारसम्म तालिका तय गर्ने तयारी गरेको छ । सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको हो ।सरकारले उक्त निर्णय गरेसंगै काठमाडौँ–दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् । काठमाडौँ–इस्तानबुलमा साताको २, काठमाडौँ–दुबई रुटमा समेत सातामा चार उडान हुने बताइएको छ।

काठमाडौँ दमाम रुटमा साताको २, काठमाडौँ–कुवेतमा साताको दुई, काठमाडौँ–मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको हो ।
हाल सातामा एक-एक उडान भइरहेको कतारको दोहा, टर्कीको स्तानबुलको उडान भने दोब्बर पारिएको छ । जसअनुसार काठमाडौँ–दोहा सातामा ४ उडान हुनेछन् ।

उता, दक्षिण कोरियामा एक र जापानमा एक उडान गर्ने निर्णय भएको छ । यस्तै, काठमाडौँ–छेन्दु र ग्वाङझाओ रुटमा पनि साताको एक–एक उडान हुने भर्ने निर्णय गरिएको छ ।

यस्तो छ कार्यतालिका

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);