विदेशमा रहेका श्रमिकको उद्धार गर्न हवाई उडानलाई प्राथमिकता दिने सीसीएमसीको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विदेशमा रहेका श्रमिकको उद्धार गर्न हवाई उडानलाई प्राथमिकता दिने सीसीएमसीको निर्णय

काठमाडाैं, ४ साउन । कोराना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले धेरै संख्यामा नेपाली रहेका देशहरूमा उद्दार उडानलाई प्राथमिकता दिने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले धेरै श्रमिकलाई उद्धार गर्न बाँकी रहेका देशहरूबाट उनीहरूलाई ल्याउन हवाई उडानलाई प्राथमिकता दिने निर्णय गरेको हो ।

सरकारले विभिन्न देशबाट अलपत्र नागरिकलाई उद्धार गरिरहेको अवस्थामा ठूलो संख्यामा नेपाली रहेका देशबाट उद्धार गर्न हवाई उडानलाई प्राथमिकता दिने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिनुभयो ।

त्यसैगरी, कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको सन्दर्भमा परिमार्जन गर्न सम्बन्धित मन्त्रालयबाट मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने गरी छलफल गर्ने निर्णय भएको गुरागाईंले बताउनुभयो ।

उहाँले क्वारेन्टाइनमा रहेको संख्या घट्दै गएकाले पीसीआर परीक्षणको संख्या पनि घटेको बताउनुभयो । सचिव गुरागाईंले आवश्यकता अनुसार पीसीआर परीक्षणको दायरा बढाउन सक्ने अवस्थामा स्वास्थ्य मन्त्रालय रहेको जानकारी पनि दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);