अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने सरकारको निर्णय

काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीको शकुशल शीघ्र उद्धार गर्ने सरकारको निर्णय गरेको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको कानून मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता कार्कीले बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति चासो देखाउँदै यस्तो निर्णय गरेको जानकारी गराएका हुन् । उनले भने–‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो दिँदै त्यहाँ रहेका नेपाली नागरिकलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय भएको छ।’

प्रवक्ता कार्कीका अनुसार उद्धारका लागि नेपाल सरकारका सम्बन्धित निकायहरुले समन्वयात्मक रुपले कार्यअघि बढाउन निर्देशन दिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।

त्यसैगरी बैठकमा बेलायतमा आन्दोलनरत रहेका भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरू विषयमा समेत छलफल भएको छ । बैठकले आन्दोलनरत पूर्व ब्रिटिश गोर्खा सैनिकहरुका समस्या कुटनैतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता गरेको छ । ‘भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको समस्यालाई कुटनैतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र कुटनैतिक प्रक्रिया समेत अगाडि बढीसकेको सन्दर्भमा आमरण अनशन फिर्ता लिन भुपू गोर्खा सैनिक सम्बद्ध सबैलाई आग्रह गरेको छ’–कार्कीले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);