अफगानिस्तानबाट ल्याइएका नेपालीलाई पोलियो खोप दिने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अफगानिस्तानबाट ल्याइएका नेपालीलाई पोलियो खोप दिने सरकारको निर्णय

काठमाडौं । सरकारले अफगानिस्तानबाट उद्धार गरेर ल्याइएकालाई पोलियो खोप दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानबाट उद्धार गरी ल्याइएका सबैलाई पोलियो खोप दिने निर्णय गरेको हो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।

अफगानिस्तानमा पोलियो संक्रमण फैलिएकाले उनीहरुलाई पोलियो खोप लगाउन लागिएको हो । सरकारले नजिकको खोप केन्द्रबाट पोलियो खोप लगाउन उनीहरुलाई आग्रह पनि गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);