अफगानिस्तानमा बन्धुकधारीको आक्रमणबाट पाँच जना स्वास्थ्यकर्मीको मृत्यु, ४ जना गम्भीर घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

अफगानिस्तानमा बन्धुकधारीको आक्रमणबाट पाँच जना स्वास्थ्यकर्मीको मृत्यु, ४ जना गम्भीर घाइते

एजेन्सी । अफगानिस्तानको नान्गरहर प्रान्तमा जारी पोलियो खोप अभियानमा संलग्न स्वास्थ्यकर्मीमाथि बन्धुकधारीले गरेको आक्रमणमा पाँच जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

अज्ञात बन्धुकधारीले प्रान्तीय राजधानी जलालाबाद शहर र नजिकैको खोग्यानी र सुर्ख जिल्लामा पोलियो थोपा खुवाउन खटिएका व्यक्तिहरूमाथि आक्रमण भएको हो ।

यस घटनामा अन्य चार जना गम्भीर घाइते भएको प्रान्तीय गर्भनरका प्रवक्ता अताउल्लाह खोग्यानीले जानकारी दिएको अन्तराष्ट्रिय समाचार सस्थाहरुले उल्लेख गरेका छन । अफगान स्वास्थ्य मन्त्रालयले पाँच वर्षमुनिका लाखौं बालबालिकालाई पोलियो खोप दिने गरी राष्ट्रव्यापी अभियान सञ्चालन भइरहेको समयमा उक्त घटना भएको छ ।

कुनै पनि समूहले उक्त आक्रमणको जिम्मेवारी स्वीकारेको छैन । यसअघि, गत मार्चमा पनि नान्गरहरमा भएका दुई बेग्लाबेग्लै घटनामा पोलियो खोप खुवाउने अभियानमा संलग्न दुई महिला स्वास्थ्यकर्मीको गोली हानी हत्या गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);