स्वास्थ्यकर्मीको अबरोधका कारण स्थगित भएको १५ जिल्लामा शनिबार र आइतबार पोलियो थोपा खुवाईंदै | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

स्वास्थ्यकर्मीको अबरोधका कारण स्थगित भएको १५ जिल्लामा शनिबार र आइतबार पोलियो थोपा खुवाईंदै

२१ फागुन, काठमाडौं । स्वास्थ्यकर्मीहरुको अवरोधका कारण यसअघि स्थगित भएका १५ वटा जिल्लामा शनिवार र आइतवार पोलियो थोपा खुवाईदै छ ।

पोलियो थोपा खुवाउन अबरोध गर्नेलाई कारबाही

२१ फागुन, काठमाडौं । स्वास्थ्यकर्मीहरुको अवरोधका कारण यसअघि स्थगित भएका १५ वटा जिल्लामा शनिवार र आइतवार पोलियो थोपा खुवाईदै छ ।

शनिवार र आइतवार तराईका १२ र काठमाडां उपत्यकाका ३ सहित १५ जिल्लामा पोलियो थोपा खुवाईंदै छ । कैलाली, बर्दिया, बाँके, कपिलबस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा, सुनसरी, काठमाडौ, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ ।

स्वास्थ्य संस्थाहरुको तालाबन्दी खोली पोलियो खोप कार्यक्रम सुचारु गर्ने कार्यमा सहयोग गर्न स्वास्थ्य मन्त्रालयले शक्रवार नै गृह मन्त्रालयलाई आग्रह गरेको थियो ।

त्यस्तै स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा लगाएको ताला तत्काल खोली निर्विवाद रुपमा पोलियो लगायत नागरिकले पाउने सबै स्वास्थ्य सेवा सञ्चालन गर्न आह्वान गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);