केही दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउँछ : सहमहामन्त्री महत | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

केही दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउँछ : सहमहामन्त्री महत

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले केही दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महतले अबको केही दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउने बताएका हुन् । सबै पार्टीहरुलाई मिलाएर सरकार बनाउनु पर्ने भएकाले मन्त्रीपरिषदले पूर्णता पाउन ढिलाई हुन गएको उनको स्पष्टिकरण थियो ।

सहमहामन्त्री महतले कांग्रेस नेतृत्वको सरकारले नेपाली जनतालाई कोरोना भाइरसबाट सुरक्षित गर्ने र कम्युनिष्ट शासनमा भएका संस्थागत भ्रष्टाचारबाट मुलुकलाई मुक्त गराउने लक्ष्य लिएको पनि बताए । उनले सरकारले जनताको आर्थिक र सामाजिक जीवनमा भएका अस्तव्यस्ततालाई ध्यानमा राखेर काम गर्ने योजना पनि सुनाए ।

सहमहामन्त्री महतले नेपाली कांग्रेसले निर्वाचनबाट एकल पूर्ण बहुमतका साथ सरकार बनाउन सक्ने हैसियत राखेपछि मात्रै पूर्ण रुपमा नेपाली जनताको पक्षमा काम गर्न सक्ने बताए । साथै उनले पार्टी महाधिवेशन नै अन्तिम लडाइँ भएको जसरी लड्नु नहुने बताए । उनले आउँदो आम निर्वाचन महत्वपूर्ण भएकोले पार्टीको महाधिवेशनमा नलडी अगाडि बढ्नुपर्ने धारणा राखे ।

सहमहामन्त्री महतले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुधार गरेर अघि बढ्ने पनि बताए । उनले कम्युनिष्ट सरकारले नभएको कुरा बोलेको भएर नेपालमा बाहिरीको चियो चर्चा धेरै हुन थालेको समेत आरोप लगाए ।

सहमहामन्त्री महतले नेपालले आफ्नो देशको स्वार्थ र आवश्यक्तालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);