मुख्यमन्त्री केसीले पाए विश्वासको मत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मुख्यमन्त्री केसीले पाए विश्वासको मत

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत दिन प्रस्ताव गरेका थिए । सो प्रस्तावमाथि भएको मत विभाजनमा मुख्यमन्त्री केसीले बहुमतले विश्वासको मत पाएका हुन् ।

प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री केसीले मागेको विश्वासको प्रस्तावको पक्षमा ४२ मत परेको र जुन बहुमत रहेको जानकारी दिएका हुन् ।

उनकाअनुसार बैठकमा उपस्थित ४३ प्रदेशसभा सदस्यमध्ये प्रस्तावको पक्षमा ४२ मत परेको र विपक्षमा शून्य र एक तटस्थमा परेको हो ।

प्रदेश सभाको कूल ८० सदस्यको ४२ मत बहुमत रहेको र उक्त मतसँगै मुख्यमन्त्री केसीले विश्वासको मत प्राप्त गरेको सभामुख मगरले बैठकमा घोषणा गरे ।

मुख्यमन्त्री केसीले प्रदेशसभामा विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);