साउनको अन्तिम सोमबार पशुपतिमा भक्तजनको भीड (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

साउनको अन्तिम सोमबार पशुपतिमा भक्तजनको भीड (फोटो फिचर)

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार पशुपतिमा भक्तजनहरुको भीड लागेको छ ।

साउन महिनामा वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरु आफ्ना आराध्यदेव महादेवको पूजा अर्चना गर्दै महिना भर नै व्रत बस्ने गर्दछन् । विशेष गरेर साउनको सोमबार भगवान शिवका मन्दिरहरुमा व्रतालुहरुको भीड लाग्ने गर्दछ ।

सोमबार महिलाहरु महादेवको पूजा गर्दै मनोकामना पूर्तिका लागि उपवास बस्ने गर्दछन् । साउनको अन्तिम सोमवार पूजाआजा गरी महिलाहरु व्रत समापन गर्दछन् ।

सोमबार बिहानै पशुपतिनाथ मन्दिरमा पूजाआजका लागि पुग्नुभएकी अम्बिका (लुईंटेल) आचार्यले मन्दिर बाहिर दर्शनार्थीको भीड भएकाले सरकारले व्यवस्थित गरेर पूजा गर्न दिनुपर्ने बताईन् । पहिला सधैँभरी भित्र गएर पूजा गर्न दिएको तर यो वर्ष पूजागर्न नपाएकोले मन खिन्न भएको उनले बताईन् । मन्दिर भित्र जान नदिँदा बाहिर झनै भीड भएको र व्यवस्थित हुन नसकेको उनले गुनासो गरिन् ।

त्यसैगरी पशुपतिनाथ दर्शनका लागि पुगेकी साधुदेवी कुँवरले यस्तो बेला सकेसम्म घरमै बस्न राम्रो भएपनि मन्दिर आउने बानी परेकोले दर्शनका लागि आएको बताईन् ।

कोरोना भाइरसका कारण सरकारले हिन्दू धर्मावलम्बीहरुका आराध्यदेव पशुपतिनाथको मन्दिरमा व्रतालुलाई प्रवेश गर्न दिइएको छैन । तथापि मन्दिरमा पुजारीहरुबाटक दैनिक पूजा भने भइरहेको छ ।

व्रतालु महिलाहरुले साउन महिनाभर हातमा मेहेन्दी, हरियो र पहेँले चुरा, पहेँलो र हरियो कपडा लगाएर व्रत बस्छन् । कोरोनाको कारण यसवर्ष आराध्यदेव पशुपतिनाथको मन्दिर बन्द भएपनि मन्दिर परिसर बाहिर भक्तजनहरुको भीड लागेको छ ।

व्रतालुहरु मन्दिर परिसर बाहिर रहेका शिवलिङ्गहरुमा जल, फूल, अक्षता चढाएर पूजा गरिरहेको देख्न सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);