केन्द्रीय अखिल फोर्सद्धारा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

केन्द्रीय अखिल फोर्सद्धारा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण

काठमाडाैं । केन्द्रीय अखिल फोर्सले सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको छ । सोमबार शंकरदेव क्याम्पसमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय कमिटीको समन्वयमा केन्द्रीय अखिल फोर्सले सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको हो ।

फोर्सले देशभरका विद्यार्थीका मागहरुलाई सम्बोधन गर्ने र मागहरुलाई उठाउने, शैक्षिक मुद्दाहरुमा केन्द्रित हुने र रचनात्मक काम गर्नेमा अखिल फोर्स लागि र्ने योजनाअनुरुप काम गरिरहेको अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले बताए ।

त्यसैगरी शंकरदेव क्याम्पसकी उपप्रमुख मिखा श्रेष्ठले आङ्गिक कलेजहरुमा धेरै कुराहरु आवश्यक रहेकोले यस्ता कामहरु गर्दै जान सुझाए । उनले महिलाहरुको लागि गरेको यो काम उल्लेखनीय भएको भन्दै आङ्गिक कलेजका शौचालयमा यस्ता धेरै समस्याहरु रहेको उल्लेख गरे ।

अखिल फोर्सले कलेजमा महिलाहरुलाई पर्ने समस्याहरुलाई कलेज प्रशासनसहित कसैले पनि त्यति ध्यान नदिएको भन्दै त्यसलाई मध्यनजर गरेर यो अभियान शुरु गरेको उल्लेख गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);