अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन

काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा समितिले अफगानिस्तानमा रहेका नेपालीहरुको हवाई तथा अन्य मार्गबाट तत्काल उद्धार गर्न निर्देशन दिएको हो । समितिले आफगानिस्तानमा रहेका नेपालीहरुको संख्या, उनीहरुको अवस्था पत्ता लगाई उद्धार गर्न निर्देशन दिएको हो । त्यहाँ रहेका नेपालीहरूलाई हवाई उडानमार्फत उद्धार गर्न सकिन्छ कि अन्य देशमा स्थानान्तर गरी उद्धार गर्न सकिन्छ तत्काल उद्धारको काम थाल्न बैठकले निर्णय गरेको छ ।

यसअघि बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले अफगानिस्तानमा रहेका नोपलीहरुबारे बुझ्न, आवश्यकता अनुसारको उद्धार कार्यका लागि समिति गठन भएको जानकारी दिए । पौड्यालले त्यहाँ औपचारिक क्षेत्रमा करिब १५ सय नेपाली कार्यरत रहेको र उनीहरुलाई अरु कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको पनि समितिमा बताएका थिए ।

त्यसैगरी काबुल हेर्ने दिल्लीस्थित नेपाली दूतावासले सम्पर्कमा नरहेका नेपालीलाई सम्पर्क गर्न सूचना जारी गर्ने तयारी गरेको छ ।

पछिल्लो केही साता यता विद्रोही समूह तालिबानले अफगानिस्तानका मुख्य मुख्य शहरहरुमा कब्जा जमाएको छ भने आइतबार राजधानी काबुलमा प्रवेश गर्न थालेको छ । अफगानी सरकारले भने शान्तिपूर्ण सत्ता हस्तान्तरण हुने बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);